Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले मुलुक थप अस्थिर

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले मुलुक थप अस्थिर

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ९ २०७८


प्रधानमन्त्री र राष्ट्रपतिको कदमले मुलुक थप अस्थिर

ताप्लेजुङ । ताप्लेजुङका चार राजनितिक दलले प्रधानमन्त्री र राष्ट्रपतिको अपराधपुर्ण कदमले मुलकुलाई थप अस्थिरताको सुरुङभित्र धकेल्ने काम भएको बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीबाट प्रताडित जनतालाई भ्याक्सिन उपलब्ध गराउनका साटो मध्यवधि निर्वाचनको घोषणाको नाटक मञ्चन भएको आरोप लगाउँदै तानाशाही एवम निरंकुशता स्थापित गर्न खोज्ने प्रतिक्रियावादी कदम विरुद्ध शसक्त रुपमा प्रतिरोध गर्न र संविधान र लोकतन्त्रको रक्षा गर्न अपिल गरेका छन् ।

नेकपा एमाले ताप्लेजुङका अध्यक्ष बलबहादुर साम्सोहाङ, नेपाली कांग्रेसका सभापति मणिप्रसाद लाबुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विजय प्रकाश बनेम र जनता समाजवादी पार्टीका अध्यक्ष किर्तिमान मादेनल जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ‘ नेपालको शान्ति र स्थिरता नचाहने विभिन्न शक्ति केन्द्रहरुको आडभरोसा र इसारामा मध्यरातमा असंवैधानिक, स्वेच्छाचारी, प्रतिगमनकारी एवम अपराधिक र दुरासयपुर्ण भावना राखि पुनः दोश्रो पटक प्रतिनिधिसभा विघटन गरी कथित मध्यावधि निर्वाचनको घोषणा गरियो । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त अपाराधपूर्ण कदमले मुलुकलाई थप अस्थिरताको अँध्यारो सुरुङभित्र धकेल्ने काम भएको छ ।’

नेपालको संविधान, लोकतन्त्र र जनताको प्रतिनिधि संस्था सदनलाई संभावित दुर्घटनाबाट रक्षा गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९जना बहुमत सांसदहरुले हस्ताक्षर गरी वैकल्पिक सकार गठनका लागि प्रस्तुत भएको प्रस्ताव राष्ट्रपतिले तत्काल संविधानमा भएको व्यस्था अनुसार अघि बढाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार