नयाँबजार । माईजोगमाई गाउँपालिकाको वडा न-२ मा एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ । केही दिन देखि कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि ३९ जनाको एन्टिजेन परिक्षण गर्दा १३ पोजेटिभ आएको हो । सवै संक्रमितहरुको स्वास्थ्य स्थिती सामान्य रहेको माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए ।