Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज ४६ जना संक्रमित

इलाममा आज ४६ जना संक्रमित

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ८ २०७८


इलाममा आज ४६ जना संक्रमित

इलाम । इलाममा आज एकैदिन ४६ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा ७ महिला र २० पुरूष गरी २७ जना, सूर्योदय नगरपालिकामा १ जना पुरुष, रोङ गाउँपालिकामा १ जना पुरुष, माई नगरपालिकामा १ जना महिला र १ जना पुरुष र फाकफोकथुममा ३ जना महिला र १२ जना पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भाइरसको संक्रमण पुष्टि भएकाहरुको पीसिआर र एन्टिजिन परीक्षण गरिएको थियो । इलाममा हालसम्म ५५८ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ जना आइसियूमा उपचारत छन् । १६ जना सामान्य उपचारमा रहेका छन् । अरू होम आइसोलेशनमा रहेका छन् । यसमध्ये ५९ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार