Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ८ २०७८


एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार