इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल कोरोना संक्रमणबाट मुक्त भएका छन् । झापाको विर्तामोड स्थित विएन्डसी अस्पतालको आइसियुमा उपचाररत बरालले आज संक्रमणमुक्त भएका हुन् । गत बैशाख २६ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको बैशाख ३० गते एन्टिजेन परिक्षण गर्दा कोरोना संंक्रमण देखिएको थियो । आजको पिसिआर रिपोर्ट नेगेटिभ आउनुका साथै स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज हुने जनाइएको छ ।