इलाम । नेकपा एमालेका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पार्न राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र क्षम्य नहुने बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेपछि सामाजिक सञ्जालमा लेख्दै खनालले संविधान विरोधी, प्रतिगामी तानाशाही कदमको रुपमा चित्रित गरेका हुन् ।
https://www.facebook.com/jhalanath1950/posts/2922764074669267
उनले लेखेका छन् ‘ यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’ शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी थिइन् ।