इलाम । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा ताजा अवस्थामा खिमलाल देवकोटाले १२८ र रामबहादुर थापाले १०३ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतगणनाको नतिजा सार्वजनिक हुँदा खिमलालले अग्रता कायम गरेका हुन् ।
कृष्णबहादुर तामाङले २ प्राप्त गरेका छन् । उम्मेदवारले प्राप्त गरेको मतलाई मतभारमा गणना गर्दा खिमलालले २३०४ प्राप्त गरेका छन् । रामबहादुरले १८५४ र कृष्णबहादुरले ३६ प्राप्त गरेका हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ ।
उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन् ।प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए ।