फिक्कल । नयाँ भेरिएन्ट सहितको कोरोनाको संक्रमण तिव्र गतिमा फैलिएपछि सूर्योदय नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहरु बन्द गरिएको छ । आज बसेकोे बैठकले आगामी जेठ १२ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
सूर्योदयमा कोरोनाबाट १ जनाले ज्यान गुमाएका छन् । ३० जना संक्रमित रहेका छन् । त्यसैगरी वडा नं ३ ले सुचना जारी गर्दै विभिन्न निर्णयहरु गरेको छ । एक वडाबाट अर्को वडामा अत्यावश्यक कामले जानुपर्ने भएमा वडाध्यक्ष वा सम्बन्धित क्षेत्रको जनप्रतिनिधिसंग परामर्श गरेर मात्र जान आग्रह गरेको छ ।
लुकिछिपी मदिरा विक्री वितरण गर्ने कार्य बन्द नगरे कानुन अनुसार कारवाही गरिने वडाले जनाएको छ । वडा क्षेत्रमा जेठ १५ गतेसम्म सम्पुर्ण आयोजना निर्माण कार्य बन्द गर्ने निर्णय गरेको छ । वडा कार्यालय विहान १० बजेबाट १२ बजेसम्म मात्र संचालन हुनेछ ।