इलाम। नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती निधन भएको छ । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
शंंकर नेकपा एमालेको कार्यालय सचिवसंगै विभिन्न संघसंस्थामा सक्रिय रहेका थिए । इलाम नगरपालिका–९ का बासिन्दा उनी बाल संगठन इलामका सभापति समेत हुन् ।