इलाम । कारोना रोग नियन्त्रका लागि लकडाउन भएका बेला उपभोग्य सामग्रीको मुल्यवृद्धि छोइनसक्नु भएको छ । दैनिक उपभोग्य सामग्रीहरुको ओसारपसारमा सहज भएपनि चामल, दाल, खानेतेल लगायतका उपभोग्य सामग्रीमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म बढेको छ ।
कोरोना रोगको नियन्त्रणका लागि लकडाउन शुरु भएसँगै दैनिक उपभोग्य सामग्रीको मुल्यवृद्धि छोइनसक्नु गरि बढेको छ । नेपालमा कोरोना रोगको संक्रमण फैलिएसँगै लकडाउन भएपछि दैनिक उपभोग्य सामग्रीमा मुल्यवृद्धि शुरु भएको थियो । २०७६ चैत्र १० बाट शुरु भएको बन्दाबन्दीका बेलादेखि आकासिएको दैनिक उपभोग्य सामग्रीको मुल्य अहिलेको बन्दाबन्दिमा झनै बढेको छ । सरकारले दैनिक उपभोग्य सामग्री ओसारपसारमा सहज व्यवस्था गरेपनि बजारमा मुल्यवृद्धि रोकिएको छैन ।
कोरोनाको पहिलो लहरसँगै शुरु भएको मुल्यवद्धि दोस्रो लहरको बन्दाबन्दीमा आइपुग्दा उपभोक्ताले धान्नै नसक्ने अवस्थामा पुगेको छ । चालम, दाल, चिनी, तेल लगायतका सामाग्रीमा ३० प्रतिशतदेखि ८० प्रतिसतसम्म मुल्यवृद्धि भएको छ ।
२०७६ को लकडाउन अघि खाने तेल प्रतिलिटर एक सय ७० रुपैयाँमा खरिद बिक्रि हुदै आएपनि अहिले प्रतिलिटर २ सय ८० रुपैयाँ पुगेको छ । लकडाउन भएसँगै दैनिक उपभोग्य वस्तु पठाउने थोक बिक्रेताबाट नै मुल्यवृद्धि भएर आउने गरेको इलाम फिक्कलका व्यवसायी भोजराज कटुवालले बताए ।
दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि आएपछि उपभोक्ताको घरखर्च महङ्गो भएको छ । तेलपछि दालमा अधिक मृल्यवृद्धि भएको छ । दाल प्रतिकिलो ८० रुपैयामा बिक्रि भएपनि अहिले एक सय २० रुपैयाँ पुगेको छ । चिनिको होलसेल मुल्य ७५ भएपनि अहिले ९० रुपैयाँ पुगेको व्यवसायी बताउँछन् । चामलको प्रतिबोरा ५० देखि एक सय रुपैयाँ मुल्यवृद्धि भएको छ ।
कोरोना संक्रमित बढ्दै गएपछि प्रशासनले खाध्यान्न पसलहरु संचालनका लागि विहान ५ बजेबाट ११ बजे र बेलुका ५ बजेबाट ७ बजेसम्म समय तोकेको छ ।
दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धिका गुनासा अहिले जिल्ला प्रशासन कार्यालयमा पनि पुग्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्काले मुल्यवृद्धिका गुनासा आएपनि उपभोक्ताले खरिद गर्दा बिल नलिएकाले कारबाही गर्न नसकिएको बताए ।