Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

साखेजुङमा ११ जनाको एन्टिजेन परिक्षण गर्दा ८ पोजेटिभ

साखेजुङमा ११ जनाको एन्टिजेन परिक्षण गर्दा ८ पोजेटिभ

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १ २०७८


साखेजुङमा ११ जनाको एन्टिजेन परिक्षण गर्दा ८ पोजेटिभ

इलाम । इलाम नगरपालिका–१ साखेजुङ थापागाउँमा ११ जनाको स्थलगत एन्टिजेन परिक्षण गर्दा ८ जनाकाे रिर्पोट पोजेटिभ आएको छ । इलाम नगरपालिकाले रिर्पोट पोजेटिभ आएकाहरुलाई स्वास्थ्यकर्मीको निर्देशन अनुसार होम आइसोलेसनमा रहन र सो क्षेत्रका बासिन्दाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

नगरले कोभिड वा सो संग मिल्दो समस्या देखिएका एन्जिेन वा स्वाब संकलन कार्य प्रत्येक आइतबार, मंगलबार र विहिबार विहान ७ बजे जिल्ला समन्वय समितिको नयाँ हाल भएकाले परिक्षण गर्न चाहनेले सम्पर्क गर्न अनुरोध गरेको हो । आफ्नो वडाको स्वास्थ्य संस्थामार्फत इलाम नगरपालिकाका् कोभिड फोकल पर्सन श्री रमन्ता पौडेललाई ९८५२६८०४०१० वा ०२७५२०४४९ मा अफिस समयमा टेलिफोनबाटै आफ्नो नाम, ठेगाना, उमेर, मोवाइल नम्वर स्वास्थ्य समस्या लगायतको विवरण समयमै टिपाउन हुन समेत अनुरोध छ ।

त्यसैगरी कोरोनाका कारण मृत्यूदर बढेको अवस्थामा शव व्यवस्थापनका लागि शव वाहनको रूपमा इलाम नगरपालिकाको ट्रयाक्टरलाई प्रयोग गर्ने भएको छ । नगरले विरामीका लागि १ थान एम्बुलेन्स चालू अवस्थामा राखेको छ । पुवा खोलामा लास दाहसंकार गर्ने स्थानसम्म जाने बाटो निर्माणसंगै लास व्यवस्थापनका लागि १ थान व्याकहु लोडर र शव वहानलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार