फिक्कल । नेपाल बहुद्धेश्य सहकारी संस्था (एनएमसी) फिक्कल शाखाले आफ्ना मृतक सदस्यको परिवारलाई राहत बापत ७० हजार रुपैया उपलब्ध गराएको छ । एनएमसीले शेयर सदस्य सावित्रा पोख्रेलका श्रीमान तथा सदस्य मनोज पोख्रेलको असामयिक निधन भएपछि संस्थाको कार्यविधि अनुसार ७५ हजार रुपैया राहत मध्ये पहिलो किस्ताको ७० हजार उपलब्ध गराएको हो । पाेख्रेलकाे गत बैशाख २३ गते ५८ बर्षकाे उमेरमा निधन भएकाे थियाे ।
कार्यालयगत उपसमितिका संयोजक देविप्रसाद उप्रेतीले मृतक परिवारका प्रतिनिधिलाई समवेदनापत्र सहित राहत बापतको रकम हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा कार्यालयगत उपसमिति सदस्य प्रविण तिमसिना, इन्द्रकुमारी कटुवाल, लक्ष्मीकान्त घिमिरे, बालकुमार फागो, इकाइ नँ ८ संयोजक चित्रकला बराइली, बिष्णुप्रसाद मैनाली, कार्यालय प्रमुख बिजयकान्त ढकालको सहभागिता थियो ।
एनएमसी फिक्कल शाखाले पहिलो पटक आफ्ना मृतक सदस्यलाई राहत रकम प्रदान गरेको हो ।