Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकार सञ्चार माध्यमका परेको समस्याको बारेमा मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

पत्रकार सञ्चार माध्यमका परेको समस्याको बारेमा मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ३१ २०७८


पत्रकार सञ्चार माध्यमका परेको समस्याको बारेमा मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

इलाम । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण पत्रकार तथा सञ्चार माध्यमका परेको समस्याको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा महासचिब विवेक गौतम सहितको टोलीले मुख्यमन्त्री शेरधन राईलाई समस्याको बारेमा ध्यानार्कषण गराएको हो ।

महासंघले कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुको सहज रुपमा पिसिआर परीक्षणको व्यवस्था गर्न तथा संक्रमित भएका पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन माग गरेको छ । कोरोनाबाट प्रभावित पत्रकारहरुको लागि महामारी विरुद्ध सचेतना फैलाउने सामाग्री सम्प्रेषण गर्नेगरि फेलोसिपको व्यवस्था गर्न र संकटग्रस्त सञ्चारसंस्थाका लागि राहत प्याकेज ल्याउन समेत माग गरेको हो ।

प्रदेश सरकार मातहतको प्रादेशिक सञ्चार प्रतिष्ठान मातहत रहेको पत्रकार उपचार कोष कोरोना संक्रमित पत्रकारको उपचारमा परिचालन गर्न महासंघले मुख्यमन्त्रीसंग माग गरेको छ । कोरोना संक्रमणको जोखिम प्रदेशमा बढिरहेको बेला नागरिकको जीवनरक्षको लागि प्रभावकारी कदम चाल्न, अस्पतालको क्षमता विस्तार गर्न र अक्सिजनसहित आवश्यक स्वास्थ्य सामाग्रीको सहज व्यवस्थापन गर्न माग राखिएको छ ।

पहिलो महामारीमा प्रदेश १ मा सय जना पत्रकार संक्रमित भएकोमा दोस्रो महामारीबाट अहिलेसम्म ३८ जना पत्रकार संक्रमित भएका छन् भने झापाका पत्रकार कमल मिश्रको निधन भएको छ । महासंघले भर्चुअल बैठकबाट समेत विभिन्न निर्णयहरु गरेको छ । महामारीबाट प्रभावित भएका पत्रकारहरुको राहत र उद्धारको लागि र दिर्घकालिन रुपमा आउनसक्ने जोखिममा पनि प्रयोग गर्नसक्नेगरि प्रदेश समितिको तर्फबाट आपत्कालिन राहत तथा उद्धार कोष निर्माण गरिएको छ ।

प्रदेश समितिले महासंघको नाममा विराटनगरको प्राइम कमर्सियल बैंक ट्राफिक चौक शाखामा रहेको खाता नं. ०३४०१५३९ CA मा रकम जम्मा गर्न उल्लेख गरेको छ । पहिलो महामारीको बेला संक्रमित भएका पत्रकारहरुले कोराना विमाबापतको रकम भुक्तानी नपाएकोले तत्काल उपलब्ध गराउन सम्बन्धीत कम्पनीहरुसंग माग गरेको छ ।

जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रीको उपलब्धता नभएमा प्रदेश समितिबाट उपलब्ध गराउनेगरि व्यवस्थापन गरिएको जनाइएको छ । महामारीबाट आफैं सतर्क भएर बच्नु महत्वपूर्ण विषय भएकोले अनिवार्य फिल्डमा जानुपर्ने अवस्थाबाहेक घरभित्रै रहेर रिपोर्टिङ गर्न सबै पत्रकारहरुलाई आग्रह गर्दै सहजीकरणको लागि मिडियाहाउसलाई आग्रह गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार