इलाम : कोरोना संक्रमित इलाम कारागारका एक जना कैदीको मृत्यु भएको छ । देउमाई नगरपालिका–६ का ३५ बर्षिय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा बैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको रिपाेर्ट प्राप्त भएकाे थियो । कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो । पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो । शबलाई नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।