Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

योजना सम्पन्न नहुँदा लिम्बुगाउँका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित

योजना सम्पन्न नहुँदा लिम्बुगाउँका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित

  • लिला सुब्बा
  • सोमबार, बैशाख २७ २०७८


योजना सम्पन्न नहुँदा लिम्बुगाउँका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित

फाकफोकथुम । हरेक बर्ष इलामको पश्चिमी क्षेत्र फाकफोथमुको लिम्बुगाउँका बासिन्दाहरुलाई बर्खा सुरु हुने वितिक्कै शुद्ध खानेपानी पिउनबाट बञ्चित हुन्छन् । आर्थिक बर्ष ०७२÷७३ मा शान्ति तथा पुर्न निर्माण मन्त्रालय मार्फत तत्कालिन जिल्ला विकास समितिले निर्माण थालेको ओखलेछाङ्गा खानेपानीको योजना जनप्रतिनिधि आएपछि सम्पन्न नगर्दा बर्खामा लिम्बुगाउँबासीले फोहोर पानी खानुपर्ने बाध्यात्मक स्थिती आएको हो ।

चुनावको समयमा योजना सम्पन्न गर्न प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले आश्वासन दिएपनि बजेट बिनियोजनाका लागि पहल नगरिदिएको खानेपानी उपभोक्ता समितिका सचिव खगेन्द्र लिम्बुले बताए । खानेपानी योजनाका बिषयमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले समेत शान्ति तथा पुननिर्माण मन्त्रालय अन्र्तगत संचालित १५÷१६ वटा योजना सम्पन्न हुन बाँकी रहेकाले फाइल हेरेर सम्बन्धी पालिकामा समन्वय गरेर काम सम्पन्न गर्ने आश्वासन दिएको स्थानीय बताउँछन् ।

स्थानीय सरकारले समेत खानेपानी योजनाका लागि चासो नराखेको उपभोक्ता समितिका अध्यक्ष कमान सिंह बताउँछन् । उनले फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईलाई पटक पटक जानकारी र निवेदन दिँदा पनि सुनुवाई नभएको बताए ।

जनप्रतिनिधिहरुबाट आश्वासनमात्र पाएपछि अहिले लिम्बुगाउँका बासिन्दाहरु बर्खा सुरु हुनुभन्दा पहिला नै मुहान मर्मत सम्भारका लागि जुटेका छन् । उपभोक्ताहरु जनश्रमदान र व्यक्तिगत प्रतिघर एक हजारका दरले आर्थिक संकलन गरेर खानेपानी ट्यांकी मर्मत र पाइप खरिद गरेर मर्मत गरिरहेको सचिव लिम्बुले बताए । ३२ घर बर्सेनी आफैं श्रमदान र नगद जम्मा गरेर मर्मतसम्भार गरेर खानेपानी पिउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार