इलाम । पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल कोरोना संंक्रमणमुक्त भएका छन् । एक साता अघि कोभिड–१९ को लक्षण देखापरेपछि नर्भिक इन्टरनेशन हस्पिटल थापाथलीमा भर्ना भएका खनालको आइतबार गरिएको परिक्षण नेगेटिभ देखिएको उनका स्वयिक सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
अस्पताल स्रोतले खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया समेत देखिएको बताएको थियो । खनालले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेको र केहि समय आरामपछि अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कने जनाए । खनालले उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्यलाभको कामना गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन् ।