Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने बैठकमा सहभागि नहुनु : प्रचण्ड

संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने बैठकमा सहभागि नहुनु : प्रचण्ड

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख २५ २०७८


संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने बैठकमा सहभागि नहुनु : प्रचण्ड

इलाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागि नहुने संवैधानिक परिषद्का सदस्यहरुलाई अपिल गरेका छन् । प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा आफ्ना सदस्यहरुलाई समेत सहभागि नहुन अपिल गरेका हुन् ।  उनले केपी ओली सरकारले अध्यादेश दुरुपयोग गर्दै आएकाे आरोप लगाए ।

प्रचण्डले संविधानको मर्म र भावना विपरित ओली सरकारले संबैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउन गलत मनसाय सहित अध्यादेश दुरुपयोग गरेको आरोप लगाए । प्रचण्डले जारी गरेको प्रेस विज्ञप्तीमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले संवैधानिक परिषदको बैठक मार्फत स्वेच्छाचारी चरित्र प्रदेश गरेको बताए ।

विज्ञप्तीमा लेखिएको छ ‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार