Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओली पक्षले फागुन २८ को निर्णयबाट पछि नहट्ने अडान राखेपछि बालुवाटार बैठकमा भएन सहमति

ओली पक्षले फागुन २८ को निर्णयबाट पछि नहट्ने अडान राखेपछि बालुवाटार बैठकमा भएन सहमति

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २४ २०७८


ओली पक्षले फागुन २८ को निर्णयबाट पछि नहट्ने अडान राखेपछि बालुवाटार बैठकमा भएन सहमति

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच आज बालुवाटारमा छलफल भएको छ। छलफलमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट थिए।

छलफलमा नेपाल पक्षले २०७५ जेठ २ को अवस्थालाई आधार मान्नुपर्ने प्रस्ताव दोहोर्‍यायो भने ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्न नसक्ने अडान दोहोर्‍यायो। सहमतिको लागि दुवै पक्षले प्रयास गर्नुपर्नेमा ओली पक्षले जोड दिएको छ।

छलफल सकारात्मक दिशामा गए पनि सहमति भने नभएको बैठकमा सहभागी नेता योगेश भट्टराइले  बताए। ओली पक्षले ओलीसँग र नेपाल पक्षले नेता नेपालसँग छलफल गरेर फेरि बस्ने सहमति भएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन्। विश्वासको मत दिनका लागि नेपाल पक्षले असहयोग गर्ने रणनीति बुनिरहेका बेला ओली पक्ष फकाउने प्रयासमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार