Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा व्यक्तिगत घटना दर्ता शिविर संचालन हुँदै

सूर्योदयमा व्यक्तिगत घटना दर्ता शिविर संचालन हुँदै

  • चेतन अधिकारी
  • मंगलबार, बैशाख २१ २०७८


सूर्योदयमा व्यक्तिगत घटना दर्ता शिविर संचालन हुँदै

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा व्यक्तिगत घटना दर्ता शिविर सुरु भएको छ । नगरपालिकाको वडा नं १, १३ र १४ को ६ स्थानमा सोमबारबाट व्यक्तिगत घटना दर्ता शिविरसंगै सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको हो ।

शिविरबाट जन्मदर्ता, मृत्यु दर्ता, बसाईसराई, सम्बन्ध विच्छेद, विवाह दर्ता र सामाजिक सुरक्षा भत्ताको सेवा प्रदान गरिनेछ । वडा नं १ को सिंहदेवी मावि मंगलबारे र गोर्खे बजारमा शिविर संचालनमा रहेको छ । वडा नं १३ को खानीभञ्ज्याङ खोप केन्द्र र पोखरी बजार तथा वडा नं १४ को शारदा आधारभुत विद्यालय, थापा चोक र हिरालाल पौडेलको घर जिमीखाँदमा संचालन भइरहेको छ ।

३ वटा वडामा शिविर आज सम्पन्न हुनेछ । त्यसैगरी वडा नं २ मा समेत आजबाट शिविर सुरु भएको छ । पशुपतिनगर बजारमा शिविर सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार