Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १९ २०७८


लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटबल ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए ।

राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार