Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल लगिँदै

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल लगिँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १८ २०७८


झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल लगिँदै

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ ।

स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन्। प्लाज्मा थेरापी गरिएकी कोमलको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार