Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा बालागुरु विद्यापिठको भवन उद्धघाटन

नयाँबजारमा बालागुरु विद्यापिठको भवन उद्धघाटन

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १८ २०७८


नयाँबजारमा बालागुरु विद्यापिठको भवन उद्धघाटन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको बालागुरु संस्कृत विद्यापिठको २ कोठे भवन उद्धघाटन गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाको १६ लाख र गाउँपालिकाको ५ लाखको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भवनको आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष राईले शिक्षालाई गाउँपालिकाको उच्च प्राथमिकतामा राख्दै योजनाहरु बनाइएको बताए । त्यसैगरी गाउँपालिकाको २७ हजार आर्थिक सहयोगमा प्रविधिमा विद्यार्थीहरुको पहुँचका लागि इन्टरनेट समेत जोडिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार