Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाका ५७६ लाई आवासका लागि दुई करोड ८८ लाख

इलाम नगरपालिकाका ५७६ लाई आवासका लागि दुई करोड ८८ लाख

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १७ २०७८


इलाम नगरपालिकाका ५७६ लाई आवासका लागि दुई करोड ८८ लाख

इलाम । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाका पाँच सय ७६ जना विपन्न परिवारले टीनको छाना लगाउन अनुदान पाउने भएका छन् । एक परिवारलाई ५० हजार अनुदान दिइने नगरपालिकाले जनाएको छ । नगरभित्र मात्र दुई करोड ८८ लाख वितरण गरिने भएको हाे ।

इलाम नगरपालिकाका १० वटै वडाहरुमा अनुदान पाउने परिवारसँग सम्झौता गर्ने कार्य सम्पन्न भई छाना लगाउने कामसमेत भइरहेको नगरपालिकाका अमिन हेमसागर सापकोटाले बताए ।घरमा छाना लागएपछि एक मुष्ट बैंक मार्फत ५० हजारका दरले भुक्तानी गरिने पनि उनले बताए ।

इलाम नगरपालिकाको वडा नं १ का ५५, वडा नं २ का ४५, वडा नं ३ का ४५, वडा नं ४ का ४५, वडा नं ५ का ५५, वडा नं ६ का ३०, वडा नं ७ का १, वडा नं ८ का ४५, वडा नं ९ का ५५, वडा नं १० का १२३, वडा नंं ११ का ३२ र वडा नं १२ का ४५ विपन्न परिवारले अनुदान पाउने छन् ।

सरकारले खरको छानालाई विस्थापन गर्ने तथा प्रकोप र गरिबीको रेखामुनी रहेका नागरिकले आफैं आवास निर्माण गर्नका लागि जस्ता पाता र सहुलियत दरको काठ खरिदका लागि अनुदान उपलब्ध गराउन उद्देश्यले सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । इलाम नगरपालिकाले भने गुणस्तर र एकरुपताका लागि रातो टीनको प्रयोग गर्नुपर्ने अनिवार्य शर्त राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार