Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा दहमा डुबेर एक युवकको मृत्यु

माई नगरपालिकामा दहमा डुबेर एक युवकको मृत्यु

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख १६ २०७८


माई नगरपालिकामा दहमा डुबेर एक युवकको मृत्यु

माई । इलामको माई नगरपालिका वडा नम्वर– ७ ठेवा गाँउका एक युवाको दहमा डुवेर मृत्यु भएको छ। मृत्यु हुनेमा माई–७ महमाई ठेवा गाँउका २० बर्षिय जीतेन लिम्बू रहेका छन । बुधवार राति २ बजे घरबाट जिउ पोल्यो, शरिर सुकायो भन्दै ५९७ जना आफन्तको बीचबाट फुत्किएर हिडेका उनिलाई विहान ७ बजे घरभन्दा ५ सय मिटर पुर्ब ठेवा खोला र माई खोला दोभानको दहमा मृत फेला परेको वडाध्यक्ष राम प्रसाद सदेम्वाले जानकारी दिए ।

साँस फेर्न गार्हो भयो भन्दै काम्न थालेपछी धाँमि झाँक्री सहित उनका आफन्तहरु उनलाई घरायसी उपचार गर्दै राति वसेका थिए। हेरचाहा गर्ने आफन्तलाई लत्याएर उनि राति माईखोला तिर हिडेका थिए । आफन्तले रातभर खोजेपनि नभेटिएको मृतकका वुवा प्रेम बहादुर योङ्गहाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार