Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा हाटबजार बन्द

सूर्योदयमा हाटबजार बन्द

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १५ २०७८


सूर्योदयमा हाटबजार बन्द

फिक्कल । नयाँ भेरिएण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण द्रुत गतिमा बढ्दै गएपछि इलामको सूर्योदय नगरपालिका हाटबजार बन्द गरिएको छ । जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका क्षेत्र भित्र लाग्दै आएका हाटबजार बन्द गरिएको हो ।

कार्यबाहक नगर प्रमुख चन्द्र कुमार सुब्बा र प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पाैडेलले सुचना जारी गदैै अर्को निर्णय नभएसम्म सबै हाटबजार बन्द गरिने जनाएका छन् । भारतसंग सिमा जोडिएको सूर्योदय नगरपालिकामा कोरोनाको संक्रमण बढ्ने खतरा देखिएपछि माइकिङ गर्दै सचेतना अपनाउन आग्रह गरिएको छ । नगर क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितहरु फेला पर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार