Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

युवा संघ नेपाल इलाम इन्चार्जको जिम्मेवारीमा भाइचुङ

युवा संघ नेपाल इलाम इन्चार्जको जिम्मेवारीमा भाइचुङ

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १२ २०७८


युवा संघ नेपाल इलाम इन्चार्जको जिम्मेवारीमा भाइचुङ

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी ,एमाले (नेपाल–खनाल) निकट युवा संघ नेपाल इलामको इन्चार्जमा पेमा उगेन लामा (भाइचुङ) लाई जिम्मेवारी तोकिएको छ । संघको माथिल्लो तह देखि स्थानीय तह सम्मको जिम्मेवारी तोकिएसंगै युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । इन्चार्ज ताेकिएका लामा सूर्याेदय नगरपालिका वडा न‌‌ १० का निर्वाचित वडाध्यक्ष समेत हुन् ।

संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकबाट प्रदेश,जिल्ला तथा स्थायी कमिटी सदस्यहरु तोकिएको जनाइएको छ । यसैगरी प्रदेश १ इन्चार्जमा मुना शर्मा,सह–इन्चार्जमा गौरिमान परियार छन् । अध्यक्षमा प्रत्युस राना र सचिव सन्दिप राईलाई जिम्मेवारी दिइएको छ ।  इलाम सह–इन्चार्जमा हुकुम थामीलाई तोकिएको छ ।

इलामबाट स्थायी कमिटीमा पेमा उगेनसंगै कुनाल राईलाई मनोनित गरिएको छ । सचिवालय सदस्यमा महेश तिवारी, हुकुम थामी र विकास रेग्मीले जिम्मेवारी पाएका छन् । बैठकले युवाको वर्तमान अवस्था, चुनौती र अबका मुद्धाहरु र समाधानको उपायको लागि विस्तृत अध्ययन गरी एक महिना भित्र प्रतिवेदन कार्यालय कमिटीमा बुझाउन उपमहासचिव निर्भिक खनालको संयोजकत्वमा कपिल ढकाल, विकास ज्ञवाली, लक्ष्मण घिमिरे र प्रेमा लामा सदस्य रहेको कार्यदल गठन समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार