Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ढुङ्गाको कापमा २ दिन देखि अड्किएका विब्ल्याटेका लिम्बुको उद्धार (भिडियो सहित)

ढुङ्गाको कापमा २ दिन देखि अड्किएका विब्ल्याटेका लिम्बुको उद्धार (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १२ २०७८


ढुङ्गाको कापमा २ दिन देखि अड्किएका विब्ल्याटेका लिम्बुको उद्धार (भिडियो सहित)

इलाम । ढुङ्गाको कापमा २ दिन देखि अड्किएर रहेका इलाम नगरपालिका–५ बिब्ल्याटेका सन्तु लिम्बुको उद्धार गरिएको छ । स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट उनको आज उद्धार गरिएको हो । गत बैशाख १० गते बेलुका घरबाट उनी हराएका थिए । हराएका लिम्बुलाई भोर्लेनी स्थित अलैची खोल्सीको ढुङ्गाको चेपमा घाँस काट्न जानेहरुले  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीको नेतृत्वमा अस्थायी प्रहरी चौकी विब्ल्याटेका प्रहरी सहायक निरिक्षक सहितको टोली उद्धारमा लागि खटिएको थियो । स्थानीय मानिस र प्रहरीको प्रयासबाट लिम्बुलाई उद्धार गरी इलाम अस्पतालमा उपचारको लागि राखिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

https://www.facebook.com/satendra.jabegu/videos/10222299737873921

प्रतिक्रिया
सम्बन्धित समाचार