Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका भित्रका किसानलाई हाते ट्रयाक्टर वितरण

सूर्योदय नगरपालिका भित्रका किसानलाई हाते ट्रयाक्टर वितरण

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख ७ २०७८


सूर्योदय नगरपालिका भित्रका किसानलाई  हाते ट्रयाक्टर  वितरण

पशुपतिनगर ।  इलामको पशुपतिनगर स्थित साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा वारि जोत्ने हाते ट्रयाक्टर ,टनेल तथा औषधि छर्कने इस्प्रे मेसिन बितरण गरेको छ । कार्यक्रममा सूर्योदय नगर प्रमुख रण बहादुर राइले साना किसान कृषि सहकारी संस्था पशुपतिनगरले छोटो समय अवधीमा उपलब्धिमुलक सफलता हाँसिल गरेर आफ्ना शेयर सदस्यहरुलाई कृषि क्षेत्रमा आधुनिकिकरण भित्र्याएको भन्दै उचित बीउ बिजन र बजारको लागि कृषकले नै सम्बन्धित क्षेत्र सम्म पुगि गुनासो पोखे मात्र त्यसले पुर्णता पाउने बताए ।

नमुना साना किसान ब्लक संचालक समितिको ५० प्रतिशतअनुदान मार्फत कृषि सामाग्री वितरणमा कृषि ज्ञान केन्द्र इलामले आर्थिक सहयोग गरेको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका टोनि बर्देवाले जिल्लामा उपलब्धि गरिरहेका संस्थाहरुलाई ज्ञानकेन्द्रले विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको जनाउदै यसको फाइदा लिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।त्यस्तै पशुपतिनगर खानेपानी तथा सरसफाइका सचीव समेत रहेका कमल गदालले साना किसान कृषि सहकारी संस्था पशुपतिनगरले कृषि क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको जनाउदै आफ्ना शेयर सदस्यहरुलाई उपलब्ध गराएको औजारले किसानलाई थप सुबिधा पुग्ने बताए ।

यस अघि पनि संस्थाले आफ्ना शेयर सदस्यलाई हाते ट्रयाक्टर उपलब्ध गराइसकेको जनाउदै संस्थाका ब्यबस्थापक गोपाल काफ्लेले  कार्यक्रम अन्तर्गत ६ थान ७ एच पि र ९ एच पि पावरको हाते ट्रयाक्टर साथै १ सय २० थान टनेल बितरण गरेको बताउनु भयो । जसअन्तर्गत गोपाल कार्की चित्रे ,राजु सुब्बा रुङ्सुङ ,हरि कार्की मेहेलबोटे, बल बहादुर गुरुङ माझगाउँ ,जितेन राई कटेबुङ र नेत्र बहादुर पान्डे टासिगाउँ रहेका छन । ध्रुव सुब्बाले स्वागत मन्त्ब्य राखेको कार्यक्रम संस्थाकी अध्यक्ष थिर कुमारी खड्काको सभापतित्वमा सप्पन्न भएको हो। बुद्धबाणिबाट

प्रतिक्रिया
सम्बन्धित समाचार