Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दुर्गाप्रसादलाई माई नगरपालिकाबाट ५० हजार सहयोग

दुर्गाप्रसादलाई माई नगरपालिकाबाट ५० हजार सहयोग

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ६ २०७८


दुर्गाप्रसादलाई माई नगरपालिकाबाट ५० हजार सहयोग

माई । भारतमा ४० बर्ष जेलजिवन बिताएर नेपाल फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई नगरपालिकाले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख दिपककुमार थेबेले दुर्गाप्रसादका भाई धर्मानन्द तिम्सिनालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका दुर्गाप्रसादको दैनिक जिवनयापन सहजताको लागि सहयोग प्रदान गरिएको नगर प्रमुख थेबेले बताए । त्यसैगरी उनलाई नेपाली नागरिकता लिनका लागि इलामसम्म जानका लागि खर्च भएको ४ हजार र उपचारको लागि विराटनगरसम्म जानका लागि लाग्ने यातायात खर्च १३ हजार रुपैया समेत नगरले नै व्यर्होने उपप्रमुख विष्णुमाया रिमाल आचार्यले जानकारी दिइन् ।

दुर्गाप्रसादको घरमा ८५ बर्षिय आमा धनमाया, मानसिक सन्तुलन गुमाएकी ५२ बर्षिय बहिनी पवित्रा र भाई धर्मानन्दको परिवार एकै साथ रहका छन् । दुर्गाप्रसादको अहिले प्रदेश सरकारले विराटनगर स्थित विराट नर्सिङ होममा निःशुल्क उपचार भइरहेको भाई धर्मानन्दले बताए ।

मानसिक सन्तुलन गुमाएकी बहिनीको उपचारको लागि समेत नगरबाट २६ हजार रुपैया सहयोग दिने निर्णय भएको नगर प्रमुख थेबेले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत विष्णु थेगुवा, प्रशासकिय अधिकृत नविन पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार