Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूरमा रेडपाण्डा प्रजनन केन्द्र’ निर्माणको काम धमाधम

सन्दकपूरमा रेडपाण्डा प्रजनन केन्द्र’ निर्माणको काम धमाधम

  • सुजन तिमल्सिना
  • आइतबार, बैशाख ५ २०७८


सन्दकपूरमा रेडपाण्डा प्रजनन केन्द्र’ निर्माणको काम धमाधम

सन्दकपूर । इलामको सन्दकपूरमा लोपउन्मुख बन्वयन्तु रेडपाण्डाको प्रजनन् केन्द्रको निर्माणले तिब्रता पाएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डाको संख्या वृद्धि गर्नका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो ।

इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक विश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापना गरिएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डाको संख्या वृद्धि गर्नका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो । समुन्द्र सहतबाट २ हजार चार सय मिटर अग्लो क्षेत्र टप्पुको ४४ रोपनी जमिनमा रेडपाण्डा प्रजनन केन्द्र स्थापना गरिएको छ ।
माघे सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा प्रजनन केन्द्र निर्माण गरिँदै आएको छ ।

प्रजनन केन्द्र पुग्न इलाम सदरमुकाम हुँदै सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजारबाट ६ किलोमिटरको दूरीमा पर्दछ । टप्पुमा रेडपाण्डाको बासस्थान, चरिचरन सहित प्रजनन केन्द्र स्थापना गरिएको सन्दकपूर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।  प्रजनन् केन्द्र स्थापनाका लागि सरकारको एक करोड रुपैँया लागतमा पक्की घेराबारसहित तारजाली लगाएर पाँच सय ५० मिटर क्षेत्रफलमा निर्माणको काम हुँदै आएको छ ।

सामुदायिक वन क्षेत्रको जमिनमा रेडपाण्डाको आहार मालिङगो, बाण्टे, भालुचिन्डे लगायतका वृक्षरोपण गरिएको छ । रेडपाण्डालाई लक्षित गरी ठाउँठाउँमा पोखरी निर्माण गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।
संघीय र स्थानीय सरकारले ७३ लाख ६५ हजार पाँच सय १६ रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको हो । जसमा सन्दकपुर गाउँपालिकाको २० लाख रुपियाँ लागत साझेदारी छ । देशकै नमुना रेडपाण्डा जोन निर्माण गर्ने लक्ष्यका साथ रेडपाण्डा प्रजनन् केन्द्र निर्माण गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार