Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मजदुर आक्रमणमा संलग्न ७ जना पक्राउ

मजदुर आक्रमणमा संलग्न ७ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ३ २०७८


मजदुर आक्रमणमा संलग्न ७ जना पक्राउ

माङसेबुङ : इलामको माङसेबुङ २ इभाङस्थित निर्माणाधीन गजुरमुखी(ईभाङ(चतुरे सडकको मुख्य क्याम्पका मजदुरमाथी आक्रमणमा संलग्न ७ जना पक्राउन परेका छन् । पक्राउ पर्नेमा माङसेबुङ २ का २६ वर्षीय सरोज लिम्बू, २१ वर्षिय दिवस राई, २२ वर्षीय जोनसन राई, १९ वर्षीय रोशन राई, २६ वर्षीय बाबा राई, १८ का सुमन लिम्बू र १९ वर्षीय डिकबहादुर लिम्बू रहेको ईलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी नायब निरिक्षक मनोज अधिकारीले जानकारी दिए ।

उनीहरु बारे अनुसन्धान सुरु भएको छ । ती समूहले विहीबार राती निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण गरेको थियो । आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार