Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सुजलालाई कुवेतका प्रवासीको सहयोग

सुजलालाई कुवेतका प्रवासीको सहयोग

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ३ २०७८


सुजलालाई कुवेतका प्रवासीको सहयोग

माई । इलामको माई नगरपालिका–४ शुक्रबारे बजारका भिमकुमार तुम्बापो र बुद्धि कुमारी राईकी १० बर्षिय छोरी सुजला तुम्बापोको उपचारको लागि प्रवासी इलामेली समाज कुवेतले सहयोग गरेको छ । समाजका संयोजक चक्र कुलुङ राई मार्फत संकलित १३ हजार रुपैया नगर प्रमुख दिपक थेवेले सुजलाको परिवारलाई शुक्रबार हस्तान्तरण हस्तान्तरण गरे ।

प्रवासी इलामेली सेवा समाज कुबेतबाट प्राप्त नगद रुपैया करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहाललाई प्रवासीहरुले उपलब्ध गराएका थिए । पिडित सहयोग कार्यक्रममा स्थानीय समाजसेवीहरु जुनु राई, दल बहादुर शंकर, हरि प्रसाद भट्टराई, कोवित दहाल, पृथ्वी तिम्सिना लगायतको सहभागिता रहेको थियो।

घाँटीमा घाउ आई गम्भीर अवस्थामामा उपचार गरिएको उनको हाल सामान्य अबस्था रहेको छ। बिपन्न परिवारकी सुजला स्थानीय गरुवा आधारभुत बिद्यालयमा कक्षा–४ म अध्यानरत छिन।

प्रतिक्रिया
सम्बन्धित समाचार