चुलाचुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन वाइसीएल नेपाल चुलाचुली गाउँपालिका समितिको विस्तारित बैठक सम्पन्न भएको छ । चुलाचुली गाउँपालिका समिति संयोजक दिल कुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी पार्टी नेता एवं वाइसीएल इलामका पुर्व जिल्ला अध्यक्ष प्रविण तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
पार्टीका जिल्ला सचिवालय सदस्य न्युनस राइ, चुलाचुली गाउँपालिका अध्यक्ष एवम जिल्ला सचिवालय सदस्य तुला राई, पार्टीको वाइसीएल फ्याक्सन इन्चार्ज सदिप तामाङ, वाइसीएल केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज ताराबाबु सुबेदी, वाइसीएल इलाम अध्यक्ष विक्रम लिम्बु लगायतको आतिथ्यता रहेकोे थियो ।
बैठकमा चुलाचुली इन्चार्ज शान्ति लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । विस्तारित बैठकले आगामी बैशाख ११ गते गाउँपालिकाको सम्मेलन गर्ने गरि बैशाख ७ सम्म सबै वडाको सम्मेलन गर्ने महत्त्वपूर्ण निर्णयहरु गरेको छ । वाइसीएल इलामले बैशाख १७ गते जिल्ला सम्मेलन गर्ने निर्णय सहित नगर÷गाउँ पालिकाको सम्मेलनमा तिब्र रुपमा लागेको छ ।
बैठकले ३५ सदस्य सम्मेलन आयोजक समिति बनाउने निर्णय सहित विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको जिल्ला अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए ।