Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रत्न स्मृति दिवस पारेर सूर्योदयको वडा नं ३ मा एमालेको पार्टी कार्यालय स्थापना

रत्न स्मृति दिवस पारेर सूर्योदयको वडा नं ३ मा एमालेको पार्टी कार्यालय स्थापना

  • लोकल सन्देश
  • शुक्रबार, चैत्र २७ २०७७


रत्न स्मृति दिवस पारेर सूर्योदयको वडा नं ३ मा एमालेको पार्टी कार्यालय स्थापना

फिक्कल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्योदय नगरपालिका वडा नं ३ वडा संगठन कमिटीले सहिद रत्न कुमार वान्तवाको स्मृति दिवस पारेर वडा कमिटिको विस्तारित बैठक तथा कार्यालय उद्घाटन गरेको छ। वडा संगठन कमिटीका संयोजक लाकेल लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुराना कम्युनिष्ट नेता लाल बहादुर सुब्बा रहेका थिए ।

सो भेलाले अरुण आचार्यको संयोजकत्वमा ३१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी समेत निर्माण गरेको छ । कमिटीको सचिवको श्याम लामा रहेका छन् । सोहि अवसरमा चन्द्र सोङमेन राईले कार्यालय व्यवस्थापनका लागी कुर्सी उपलब्ध गराएका छन्।

सुरेन्द्र गोलेले १ थान टेवल कार्यालय संचालनका लागि उपलब्ध गराएका छन् । कार्यक्रम वडा कमिटीका सचिव सागर भुजेलले संचालन गरेका थिए । कार्यक्रममा एमालेका  नेता पेमा उगेन लामा लगायत विभिन्न तह र तप्काका नेताहरु एवम भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार