Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दुई पाङग्रे सवारी साधन हाउजुको इलाममा ८ औं शोरुम उदघाटन

दुई पाङग्रे सवारी साधन हाउजुको इलाममा ८ औं शोरुम उदघाटन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २७ २०७७


दुई पाङग्रे सवारी साधन हाउजुको इलाममा ८ औं शोरुम उदघाटन

इलाम । चीनमा बनेको हाउजु कम्पनीको दुई पाङग्रे सवारी साधन ९मोटरसाईकल०को शोरुम शुक्रबार एक कार्यक्रमको बिच इलाममा सुरुवात गरिएको छ । वार्षिक रुपमा ६० लाख थान विश्व बजारमा बिक्री हुने यो मोटरसाईकल अफरोडको लागि अति उपयुक्त भएको उदघाटन कार्यक्रममा जानकारी दिईएको छ ।

यस कम्पनीले हाल इलामको नवउदघाटित शोरुम राराहाङ अट्टो प्लाजामा एनके १५० सिरिजको मोटरसाईकल उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा अन्य सिरिजको मोटरसाईकल उपलब्ध गराउने अट्टो प्लाजाका प्रमुख प्रेम राराहाङले जनाएका छन् ।

शोरुम उदघाटनको अवसरमा कम्पनीले दश हजार रुपैंया नगद छुट, निशुल्क हेल्मेट र लेगार्ड उपलब्ध गराउने जनाएको छ । २ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी भएको एनके १५० मोटरसाईकलको मुल्य ३ लाख ९५ हजार रुपैंयाँ रहेको छ । शोरुमको उदघाटन इलाम नगरपालिका वडा नं ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार