Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा बंगुरपालन तालिम समापन

माई नगरपालिकामा बंगुरपालन तालिम समापन

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २६ २०७७


माई नगरपालिकामा बंगुरपालन तालिम समापन

माई । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत माई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा पिरामीड टेक्निकल प्रा लि इलामको आयोजनामा चैत्र २० गतेबाट शुरु भएको बंगुरपालन विषयको सिप विकास तालिम सम्पन्न भएको छ । माई नगरपालिकाका उपप्रमुख श्री बिष्णुमाया रिमाल आचार्यकाे प्रमुख आतिथ्यता रहेको समापन समाराेहका अध्यक्षता वडा नं ४ का वडाध्यक्ष सुर्यप्रसाद दुलाल रहेका थिए । प्रशासकीय अधिकृत नविन कुमार पौड्याल, कार्यपालिका सदस्य कुमारी रैका मगर, पिरामिड टेक्निकल प्रालि का हेमन्त गौतमकाे आतिथ्यता रहेकाे थियाे ।
सहभागीको तर्फवाट सरिता लिम्बु र चन्द्र वहादुर राई ले तालिममा धेरै नया र व्यवसायिक ज्ञान प्राप्त भएकोले सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त्त गरे।
प्रमुख अतिथि आचार्यले १/२ वटा बंगुर पालेर व्यवसायीक बन्न नसकिने बताउँदै कम्तिमा ५ र सो भन्दा वढी पालेर वडा कार्यालयहरुमा गै फर्म दर्ता गर्न सुझाब दिएकी थिइन् ।
उनलेे व्यवसाय स्थापना तथा प्नवर्धन गर्न सुझाव दिँदै उद्यमीहरुलाई नगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । कार्यक्रमका अध्यक्ष दुलालले दर्ता गरेर व्यवसायी वन्न र निर्वाहमुखी नभइ व्यवसायिक वन्न सुझाव दिए। कार्यक्रममा माई १ देखि १० वटै वडाका १० जनाको सहभागितालाई प्रमाण पत्र वितरण गरिएको थियो ।
मेडपाका माई नपाका फोकल पर्सन एवं प्रशासकीय अधिकृत नविन पौड्यालले माेडपा कार्यक्रम र यसको मोडेल बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार