Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी सचेतना अभियान कार्यक्रम

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी सचेतना अभियान कार्यक्रम

  • सुजन तिमल्सिना
  • बिहिबार, चैत्र २६ २०७७


नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी सचेतना अभियान कार्यक्रम

पशुपतिनगर । इलामको दुई स्थानीय तहमा समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क कार्यक्रम शुरु भएको छ । इलाका प्रहरी कर्यालय पशुपतिनगर र स्थानीय तहको साझेदारीमा साइबर अपराध, लागुऔषध दुर्व्यसनी र महिला तथा बालबालिका विरुद्ध हुने अपराधको कानुनी व्यवस्था सम्बन्धी सचेतना अभियान संचालन भएको हो ।
सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई साइबर अपराध, लागुऔषध दुर्व्यसनी र महिला तथा बालबालिका विरुद्ध हुने अपराधको कानुनी व्यवस्था सम्बन्धी जानकारी गराइएको छ । ?सूर्योदय नगरपालिकाको १२ वटा माध्यमिक विद्यालयमध्ये बौद्धधाम माध्यमिक विद्यालय, करफोक विद्या मन्दिर, हिमालयन माध्यमिक विद्यालय, समाल्बुङ्ग माध्यमिक विद्यालय, कृष्णआश्रम माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामुक कार्यक्रम सम्पन्न गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देउप्रसाद लिम्बुले बताए ।
त्यस्तै सिंहदेवी माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा पनि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ८, ९, १० र प्लस टुमा अध्ययनरत विद्यार्थीहरुलाई साइबर अपराध, लागुऔषध दुर्व्यसनी र महिला तथा बालबालिका विरुद्ध हुने अपराध रोक्न कार्यान्वयनमा आएको कानुनी व्यवस्था बारे इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देउप्रसाद लिम्बुले सहजीकरण गरेका थिए ।
सामुदायीक प्रहरी साझेदारी विद्यालय कार्यक्रम सम्पर्क कार्यक्रम इलामको माइजोगमाई गाउँपालिकामा पनि संचालन भइरहेको छ । माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार स्थित अमर कल्याण माध्यमिक विद्यालयका विद्यार्थीमाझ सचेतना मुलक कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
सचेतना कार्यक्रमको कक्षा हरेक विद्यालयमा २ घण्टाका दरले संचालन गरिएको थियो । माईजोगमाई गाउँपालिका भित्रका ८ माध्यमिक विद्यालयमध्ये ७ विद्यालयमा साइबर अपराध, लागुऔषध दुव्र्यसनी र महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धि बनिएका कानुनबारे विद्यार्थीलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
यो कार्यक्रमबाट दुई स्थानीय तहका एक हजार २ सय विद्यार्थी र शिक्षक शिक्षिकाहरुले साइबर अपराध, लागुऔषध दुव्र्यसनी र महिला तथा बालबालिका विरुद्ध हुने अपराध बारे जानकारी लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार