इलाम । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल इलामको बिस्तारित बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा जिल्ला संयोजक विक्रम लिम्बुको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्रकी जिल्ला संयोजक सोममाया राई सिन्धुको प्रमुख आतिथ्यता र कार्यलय सदस्य बिजय खम्बुको विशेष आतिथ्यता रहेको थियो ।
वाइसीएल जिल्ला सचिवालय सदस्य तथा जिल्ला लेखा आयोग संयोजक कमल दुलालले स्वागत गरेको बैठकमा केन्द्रिय सर्कुलर बाचन संगठनका केन्द्रिय सदस्य चन्द्रकला तामाङ्ग (चन्दा) र प्रदेश सर्कुलर केन्द्रिय लेखा आयोग सदस्य फुर्बा घिसिङ्गले बाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले वाइसीएलको गौरवपुर्ण इतिहास रहेकाले तमाम युवाको मुद्धा स्थापित गर्न र सिङ्गो युवा आन्दोलनलाई उठान गर्न लाग्नुपर्ने बताइन् । उनले जाली, फटाहा र भ्रष्टचारीलाई कारवाहीका लागि वाइसीएलको पुर्नगठन गर्नुपर्ने बताइन् ।
विशेष अतिथी खम्बुले बर्तमान राजनैतिक परिस्थिति र वाइसीएल को आगामी कार्यक्रम र उत्तरदायित्व बारे महत्त्वपूर्ण आफ्ना भनाइ राखेका थिए । बैठकमा पार्टी जिल्ला कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज गन्जु प्रधान र पार्टी जिल्ला सदस्य तथा कार्यलय सचिब प्रकाश परियार, बाइसीएल जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य तारा सुवेदी र फ्र्याक्सन इन्चार्ज तथा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य सदिप तामाङ्ग (अग्नि) ले आफ्नो भनाई राखेका थिए ।