फिक्कल । सूर्योदय नगरपालिका–१० को वडा स्तरिय युवा क्लबको अध्यक्षमा शेखरनाथ अधिकारी (सविन) चयन भएका छन् । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना भएको भेलाले अधिकारीको नेतृत्वमा १५ सदस्यीय युवा क्लब गठन गरेको हो । कार्यक्रमकाे अध्यक्षता वडाध्यक्ष पेमा उगेन लामाले गरेका थिए ।
समितीको उपाध्यक्षमा विपना राई, सचिव संजोक घिमिरे र कोषाध्यक्ष संगीता बस्नेत चयन भएका छन् । वडा कार्यालयको परिसारमा भएको युवा क्लब गठन कार्यक्रममा वडा सदस्य भोगेन्द्र कार्की (बिमल), कलिका राई, वडा सचिव सरस्वती दाहाल, ललिता राई, अविशेक प्रताप पौडेल लगायतको उपस्थिती रहेको थियो ।