इलाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको निधनमा पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले शोक व्यक्त गरेका छन् । खनालले समाजिक संजालमा जोशीको निधनमा शोक प्रकट गरेका हुन् ।
खनालले लेखेका छन् ” नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा संविधान सभाका सदस्य श्री नविन्द्रराज जोशीको उपचारको क्रममा आज काठमाडौको नर्भिक अस्पतालमा असामयिक निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ । यस दुःखद घडीमा दिवगंत नविन्द्रराज जोशी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकाकुल जोशी परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
जोशीको आज ५७ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एक महिला पहिले मस्तिष्कघात भएपछि उनलाई नर्भिकमा भर्ना गरिएको थियो । २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुन्।