Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजाेगमाईकाे नवाै गाउँसभा सम्पन्न

माईजाेगमाईकाे नवाै गाउँसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र ८ २०७७


माईजाेगमाईकाे नवाै गाउँसभा सम्पन्न

नयाँबजार । माईजोगमाइ गाउँपालिका इलामको नवौ गाउँसभा आज सम्पन्न भएको छ ।गाउँपालिकाकाे सभाहलमा गाउँसभा सम्पन्न भएकाे हाे । गाउँपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षतामा गाउपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा २०७७ फाल्गुन मसान्त सम्मकाे खर्च र आम्दानी सार्वजनिक गरेको थियाे ।
चालू आर्थिक बर्षमा ३६ कराेड ३४ लाख ५१ हजार २६४।०९ पैसा आम्दानी रहेकाेमा खर्च १८ कराेड १६ लाख ७६ हजार २०६।२४ पैसा रहेको छ । माईजोगमाई गाउँपालिकाको फाल्गुन मसान्त सम्मको आन्तरिक राजश्व आम्दानी रु ३९ लाख ७१ हजार ९१५।४० पैसा रहेको छ । माईजोगमाई गाउपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा रु ८२ लाख ९० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको थियाे ।
चालू आर्थिक बर्षमा गाउँपालिका स्तरीय ,प्रदेश समपुरक अनुदान ,संघीय समपुरक अनुदान र संघिय विशेष अनुदान गरेर जम्मा २३२ वटा योजनाहरु रहेकोमा १५९ वटा योजनाहरुको सम्झौताहरु भइसकेको छ ।
६३ वटा योजनाहरुको काम सम्पन्न भइसकेकोमा १३४ वटा योजनाहरु बाकी रहेको योजना शाखा प्रमुख बिरध्वज लिम्बूले योजना प्रतिबेदन प्रस्तुत गरेका थिए । गाउँपालिकाको नवौ गाउसभाले १ करोड बराबरको योजनाहरु समेत थप गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार