नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा नेपाल महिला संघको समायोजन कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघकी जिल्ला अध्यक्ष निर्मला सन्जेलको अध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति इलामका हिमालय कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनम गुरुङ्गले स्वागत मन्तब्य राखेकी थिइन् ।
नेपाल महिला संघ जिल्ला कार्य समितिकी सचिव बबिता राईले संचालन गरेको कार्यक्रममा प्रकाश भट्टराई,राजेश देवान,प्रभा पौड्याल,चन्दा कार्की,दिपक अधिकारी,भेषराज आचार्य,टिकाराम सुब्बा र भगवति पौड्यालले शुभकामना मन्तब्य राखेका थिए ।