नयाँबजार । माईजोगमाई गाउँपालिकाले पछिल्लो समय बिद्युत विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको छ । गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा नयाँ विद्युत लाइन विस्तारसंगै प्रसारण क्षमता बढाउने कामलाई समेत अघि बढाउदै लगेको हो ।
वडा नं ५ मा विद्युत विस्तार गरिएको छ । ५० केभिए क्षमताको विद्युत टान्सफर्मर सहित सोयाङको रमिते डाँडा रिजालगाँउ खत्रीगाँउ थापाडाँडा तल्लो भाग काँर्की गाउ लगायतको क्षेत्रमा विद्युत विस्तारको काम भएको वडाध्यक्ष दाताराम सञ्जेलले बताए ।
वडाध्यक्ष सञ्जेलको अध्यक्षता एवम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको प्रमुख आतिथ्यतामा नयाँ ट्रान्सफर्मर सहित विस्तार गरिएको विद्यतु प्रसारणको उद्धघाटन गरिएको छ । नयाँ टान्सफर्मर सहित बिद्युत बिस्तरामा गाउँपालिकाले चासो देखाएको भन्दै सोयाङवासीले खुशी व्यक्त गरेका छन् ।