Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सीमा क्षेत्रका उजाड डाँडामा वृक्षारोपण गर्दै सन्दकपुर गाउँपालिका

सीमा क्षेत्रका उजाड डाँडामा वृक्षारोपण गर्दै सन्दकपुर गाउँपालिका

  • सुजन तिमल्सिना
  • बुधबार, फाल्गुन २६ २०७७


सीमा क्षेत्रका उजाड डाँडामा वृक्षारोपण गर्दै सन्दकपुर गाउँपालिका

इलाम । लोपउन्मुख वन्यजन्तुको बासस्थान र पानीको श्रोत भएको इलामको उत्तरी क्षेत्रका उजाड डाँडामा वृक्षारोपण गरि हरियाली बनाउने अभियान थालिएको छ । १० वर्षमा उजाड क्षेत्रलाई हरीयाली बनाउने योजनाका साथ सामुदायीक वन मार्फत वृक्षारोपणको काम हुँदै आएको छ ।
नेपाल भारत सीमा क्षेत्रका उजाड डाँडाहरुमा वृक्षारोपण गरिँदै आएको छ । इलामका खोलाको मुहान र सीमसार क्षेत्र रहेको नेपाल भारत सीमा क्षेत्रमा वृक्षारोपण गरिँदै भएको हो ।
खोला र सीमसार क्षेत्रमा पानीको सतह घटेपछि पानीका श्रोतको वृद्धिका लागि उजाड क्षेत्रमा वृक्षारोपण गरिँदै आएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए । भारतपट्टि घना जंगल भएपनि नेपालभित्रको जंगल फडानीले उजाड भएका डाँडापाखामा स्थानीय जातका रुख बिरुवा वृक्षारोपण गरिँदै आएको छ । डिभिजन वन इलामको प्राविधिक सहयोग इलाममा विद्युत उत्पादन गर्ने प्रवद्र्धक संस्थाहरु र सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोगमा रुख विरुवाको वृक्षारोपणगरिदैँ आएको हो । उजाड डाँडाहरुमा १० वर्षमा हरियाली बनाउने योजनाका साथ सन्दकपुर गाउँपालिकाले गत वर्षबाट बिरुवा उत्पादन गरि सामुदायीक वनलाई रोपणका लागि हस्तान्तरण गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


सन्दकपुर गाउँपालिका भित्रका २८ वटा सामुदायीक वन समितिहरु मार्फत बिरुवा रोपण हुँदै आएको छ । दुई आर्थिक वर्षमा उत्तरी क्षेत्रका उजाड क्षेत्रमा १२ लाख बिरुवा रोपण भइसकेको डिभिजन वन इलामको तथ्याङ्क छ ।
लेकाली क्षेत्रमा हुने चौडापाते प्रजातीका कटुस, बज्राठ, बान्टे, फलाट, सिसि, चाँप, टेङ्गा, अम्बके, कमुनाका बिरुवा उत्पादन गरि रोपण हुँदै आएको छ । १० वर्षसम्म वृक्षारोपणलाई निरन्तरता दिन हरेक वर्ष १२ लाख बिरुवाको नर्संरी राखिदैँ आएको छ । चालु आर्थिक वर्षमा १२ लाख बिरुवा रोपण हुने र आगामि आर्थिक वर्षका लागि १२ लाख नै बिरुवा नर्सरी राखिसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार