नयाँबजार । इलामको माईजोगमाईमा रहेको सोयाङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुबित्त बितिय सस्था लि बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष गोपि कृष्ण न्यौपानेको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका वडा नं ५ का वडाध्यक्ष दाताराम सन्जेल को प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । तालिममा १२ जना महिला र १८ जना पुरुष गरि ३० जनाको सहभागिता रहेको थियो । तालिमलाई पशु स्वास्थ्य प्राविधिक डिक बहादुर कार्की र माईजोगमाई गाउँपालिकाको नायब पशु स्वास्थ्य प्राविधिक दिपेन्द्र फुयँल ले सहजीकरण गरेका थिए ।