Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

डा देवी क्षेत्री दुलाल सम्मानित

डा देवी क्षेत्री दुलाल सम्मानित

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १६ २०७७


डा देवी क्षेत्री दुलाल सम्मानित

इलाम : इलाम विकास समाज, काठमाडौंले साहित्यकार डा देवी क्षेत्री दुलालको कृति इलामको साहित्यिक इतिहासू को अन्तरक्रिया एवम सम्मान गरेको छ । समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सांसद अगम वान्तवाको विशिष्ट आतिथ्यता रहेको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, साहित्यकारहरु धरणीप्रसाद गौतम, प्राज्ञ नन्दु उप्रेती, डम्बर पहाडी, शोमा राईले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा दिनेश राई (डीआर), इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष टिका घिमिरे, रविन्द्र भट्टराई, सुचित्रा श्रेष्ठ, सुशील थापा, पूण्य घिमिरे, नुनिता लुइँटेल, नाटककार समिर पाख्रिन, नेपाल मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरे, कथाकार राधा दुलाल कार्की, पत्रकार सचित राई, सुशिल घिमिरे, कलाकार विष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार