Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

डा शंकरप्रसाद उप्रेतीको निधन

डा शंकरप्रसाद उप्रेतीको निधन

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १६ २०७७


डा शंकरप्रसाद उप्रेतीको निधन

इलाम । समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा। उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा। सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा। उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए । उनले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्रा, राजनीतिक उहापोह र व्यापारिक बन्दै गएको समयको झलक समेटिएको छ ।

झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्ककार आइतबार नै गरिएको छ । यसैबीच डा उप्रेतीको निधनमा शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको बताएका छन् ।

डा उप्रेतीको निधनमा राजनीतिककर्मीका साथै साहित्यकार र नागरिकहरूले पनि शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार