Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सिंहदेवीमा निर्वाचनबाट छानियाे विव्यस

सिंहदेवीमा निर्वाचनबाट छानियाे विव्यस

  • लिला सुब्बा
  • शनिबार, फाल्गुन १५ २०७७


सिंहदेवीमा निर्वाचनबाट छानियाे विव्यस

फाकफाेकथुम । फाकफोफोकथुम गाउँपालिका-४ फुएतप्पामा श्री सिंहदेवी माबिकाे व्यवस्थापक समिति चयन निर्वाचन प्रक्रियाबाट गरिएकाे छ । पटक पटक सर्वसहमतीबाट विव्यस गठनकाे प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट समिति चयन गरिएकाे हाे ।
समिति चयनका लागि आेली समूह र  लोकतान्त्रिक गठबन्धन समुहले प्यानल बनाएर सहभागी भएका थिए । जहाँ सबै पदमा लाेकतान्त्रिक प्यानल बिजयी भएकाे छ ।
बिजयी हुनेमा परेवा चिन्हबाट नरेन्द्र थापा र छाता चिन्ह जगत बहादुर लिम्बू ले समान ७२ मत प्राप्त गरे ।
महिला तर्फ घर चिन्हमा ७२ मतका साथ कल्पना लिम्बू र हाेमादेवि मिश्र ७१ मतका साथ रेडियाे चिन्हबाट बिजयी भए ।
ओली प्यानल प्रत्यासि  नेत्र बहादुर नेम्बाङले मादल चिन्हबाट ४४ र गोपाल काफ्लेले गाई चिन्हबाट ४१ मत मात्र प्राप्त गरे । महिलातर्फ देबिका लिम्बुले कैची चिन्हबाट ४९मत र निर्मला राना श्रेष्ठले ४२प्राप्त गरे ।
कुल १३२ अभिभावकले मत हाल्दा दश मत बदर भएकाे निर्वाचन टोली प्रमुख फाकफोक थुम गाउँपालिका शिक्षा शाखाका कुल बहादुर लिम्बुले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार