Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलामको सिडिओमा सेढाई गए खड्का आए

इलामको सिडिओमा सेढाई गए खड्का आए

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १४ २०७७


इलामको सिडिओमा सेढाई गए खड्का आए

इलाम । इलामको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा ध्रुब खड्का आउने भएका छन् । गृह मन्त्रालयले व्यापक रूपमा सह–सचिव र उपसचिव (सिडिओ)हरूको हेरफेर गरेपछि तुलसीराम सेढाईको स्थानमा खड्का आउन लागेका हुन् । मुलुक पुर्नसंरचनापछि बनेको जिल्ला समन्वय समितिको समन्वय अधिकारीको रुपमा खड्काले काम गरेका थिए ।

शुक्रबार गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेपछि इलामका प्रजिअ सेढाई उदयपुर पुगेका छन् । उनी गत बर्ष इलामको सिडिओ रुपमा इलाम आएका थिए गृह मन्त्रालयका अनुसार सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ।

उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए। सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरूवा भएको छ। गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरूवा भएको छ। ज्ञानप्रसाद ढकालको धादिङ, अरूण पोखरेलको सिन्धुपाल्चोक, तीर्थराज भट्टराईको महोत्तरी, शालिग्राम शर्मा पौडेलको गोरखा सरूवा भएको छ।

सर्लाहीमा नायणप्रसाद भट्ट र सुरेन्द्र पौडेलको बारा सरूवा भएको छ। यसैगरी, उपसचिव बन्दना राईको ओखलढुंगा, लीलाधर अधिकारीको चितवन, झंकनाथ ढकालको अध्यागमन विभाग, उमाकान्त अधिकारीको काठमाडौं प्रशासन कार्यालय सरूवा भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार