नयाँबजार । माईजोगमाई गाउँपालिका इलामको आयोजनामा हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत पालिकास्तरीय सहकारी संस्थाको गठन भएको छ । गाँउपालिका अध्यक्ष जीतबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई, समाजसेवि टेकबहादुर राई, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, सम्पर्क ब्याक्ति मान बहादुर पौड्यालको सहजीकरणमा १ सय भन्दा बढिको सहभागिता रहेको थियो ।
भेलाले बिरेन्द्र भट्टराईको अध्यक्षतामा ७ सदस्य माईजोगमाई अपाङ्गता सहकारी संस्था गठन गरेको छ । स्वाबलम्बन समुहका अध्यक्ष हेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले ५ बटा बिषयगत समिति समेत गठन गरेको बताईएको छ ।